Breaking News

नेपाली भूमीमाथि भारतीय ज्याँदती बिरुद्ध बृहत र्‍याली


मणिकलाल घिसिङ तामाङ
२८ फागुन, शनिबार, २०७३ ।
नेपाली भूमी कञ्चनपुरमा भएको भारतीय सुरक्षा बलद्वारा गरेको ज़्याँदतीबिरुद्ध आज खार्पाचोक युवा क्लब, काभ्रेले बृहत र्‍याली सम्पन्न गरेका छन् । भक्तपुरको सुर्यबिनायक चोकबाट सुरु भएको उक्त र्‍याली सल्लाघारी चोकमा पुगेर कोनसभा गरी समापन गरिएको थियो । उत्पीडित जाँगरन अभियान समाजले बिशेष सहकार्य र ब्यबस्थापनमा सहयोगी भूमिका निर्बाह गरेका थिए । सो र्‍यालीलाई संयोजन बिजय घिसिङले गरेका थिए ।
सुर्यबिनायक चोकबाट भारतीय हस्तक्षेप र ज्याँदती बिरुद्ध नेपाली झन्डा फरफहराउँदै नारासहित युवाहरु अगाडि बढेका थिए । राष्ट्रिय गानबाट र्‍याली उद्घाटन गर्दै, "भारतीय हस्तक्षेप बन्द गर ! सीमा सुरक्षा कायम गर ! भारतीय बिस्तारबाद मुर्दाबाद ! राष्ट्रिय एकता जिन्दाबाद ! सहिद गोबिन्द अमर रहुन् ! नेपाली भूमी अतिक्रमन गर्न पाईदैन !" जस्ता नाराहरु गुन्जाएका थिए ।
कोन सभालाई खार्पाचोक युवा क्लब, काभ्रेका पूर्व अध्यक्ष प्रकाश लामा, र्‍याली संयोजक बिजय घिसिङ, उप्त्पीडित जाँगरन अभियान समाजका बरिष्ठ उपाध्यक्ष मदन ङेस्युर, आइटी ग्रुपको तर्फबाट रबिन्द्र स्याङतान, नर बहादुर लामा, सोहन लामा, संचारकर्मी मोहन लामा दोङले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै संयोजक बिजय घिसिङले यो र्‍याली अपरिहार्य भएकोले गर्नै परेको बताए । र्‍याली गर्नुको उद्धेश्य बारे बताउदै घिसिङले भने, "नेपालीबिरुद्ध गरिने जुनसुकै षड्यन्त्रबिरुद्ध नेपाली एक जुट हुनुपर्छ र त्यही आवश्यकतालाई महसुस गर्दै आजको कार्यक्रम आयोजना गरेका हौ ।"

संचारकर्मी मोहन लामा दोङले नेपाली स्वाभिमानमाथि प्रहार हुँदा भोलिका दिनहरुमा कैयौँ गोबिन्दहरु जन्मिने बताए । त्यसैमा थप्दै, "नेपाली स्वाभिमानको रक्षार्थ युवाहरुको आवाज बुलन्द गर्नुपर्ने र युवाहरुको यसखाले जाँगरनका अभियानहरुमा सहभागीता आबश्यक रहेको बताए ।" अर्का बक्ता नर बहादुर लामाले आफ्नो बिचार राख्दै भने, "नेपालको सीमा बचाउन ईतिहासमा जन्मेका वीर बलबद्रहरु फेरि जन्मिने छन् । भारतीय हस्तक्षेप निन्दनिय छ | जाँगरनका यस खाले अभियानहरु सन्चालन गर्न सक्ने युवाहरु नै हुन् । "
उत्पीडित जाँगरन अभियान समाजका बरिष्ठ उपाध्यक्ष मदन ङेस्युरले आफ्नो बिचार राख्दै, "हाम्रो संस्थाले बिगतका दिनहरुमा सामाजिक र राजनैतिक अभियानहरु सन्चालन गरेका थियौ/छौँ । पुष १९ गतेको उज्यालो नेपाल अभियानको लागि सहकार्य भएको संस्था खार्पाचोक युवा क्लबसँग यस्तै अभियानका थुप्रै कार्यक्रमहरुमा सहकार्य बन्ने छ ।" आइटी ग्रुपको तर्फबाट रबिन्द्र स्याङतान, खार्पाचोक युवा क्लबका सोहन लामाले युवाहरुले देशलाई अन्याय गरेको बेला एक जुट हुनुपर्ने संयुक्त बिचार ब्यक्त गरे ।
कार्यक्रमको सभापतित्व गरेका क्लबका पूर्वाध्यक्ष प्रकाश लामाले र्‍यालिमा सहभागी सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोग प्राप्त हुने अपेक्षा राख्दै समापन भएको थियो भने कार्यक्रम सन्चालन मणिकलाल घिसिङले गरेका थिए । भारी बर्षातको कारण ३ बजे तय भएको कार्यक्रम एक घण्टापछी सुरु भएको थियो । नेपाल प्रहरीको बिशेष सुरक्षा ब्यबस्थापन रहेको उक्त र्‍याली ६ बजे समापन भएको थियो ।

No comments