ओली नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र र संघीय फोरमबाट ११ जना मन्त्रीहरुले सपथ लिएका छन् ।
काठमाडौं । ओली नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र र संघीय फोरमबाट ११ जना मन्त्रीहरुले सपथ लिएका छन् ।
शुक्रबार बेलुका राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । सपथसँगै मन्त्रीहरुले आजै आफ्नो पदभार ग्रहण गर्नेछन् ।
सपथ लिने मन्त्रीहरुमा एमालेबाट प्रदीप ज्ञवालीले परराष्ट्र, रबिन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गोकर्ण बिष्टले श्रम तथा रोजगार, जगत विश्वकर्माले युवा तथा खेलकूद, रघुबीर महासेठले भौतिक पूर्वाधार, शेरबहादुर तामाङले कानून तथा न्याय मन्त्रीको सपथ लिएका छन् ।
गोकुल बास्कोटाले सूचना तथा सञ्चार, पद्मा अर्यालले युवा तथा रोजगार र धनबहादुर बुढाले पनि सपथ लिएका छन् । उनीहरुले राज्यमन्त्रीको सपथ लिएका हुन् । सञ्चार मन्त्री भने खाली राखिएको छ । राज्य मन्त्रीहरुले प्रधानमन्त्रीबाट सपथ लिनेछन् ।
त्यसै गरी माओवादी केन्द्रबाट वर्षामान पुनले उर्जा, शक्ति बस्नेतले बन तथा भू–संरक्षण, गीरिराजमणि पोखरेलले शिक्षा, चक्रपाणि खनालले कृषि तथा सहकारी र बिना मगरले खानेपानी तथा सरसफाई मन्त्रीको सपथ लिएका हुन् ।
संघीय समाजवादी फोरम सरकारमा जाने भनिए पनि गठबन्धन र फोरमभित्र कुरा नमिल्दा आज सपथ नलिने भएको छ । थप छलफलपछि फोरम सरकारमा जाने एमाले स्रोतले बतायो ।
No comments