Breaking News

मृगौला पिडित बज्र ध्वज लामाको लागि मलेसिया र दुबई बाट आर्थिक सहयोग ! सहयोगी मनहरुमा उत्पीडित जागरण अभियान समाज हार्दिक धन्यवाद टक्र्याउन चाहन्छौ !


सेवा नै धर्म हो 
धर्म गर्न मन्दिर जानु पर्दैन !
काभ्रेपलान्चोक रोशी गाउँपालिका ९ मंगलटार पिन्थली निवासी दुवै मृगौला फेल भएका बज्र ध्वज ङेसुर बचाउ अभियान सफल पार्न लागि परेका नेपाल प्रवासी तामाङ पीडित उद्धार संघ का संयोजक बिकास तामाङ थोकर सहित सम्पूर्ण टिमलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छौ ।

नेपाल प्रवासी तामाङ पीडित उद्धार संघ मलेसिया बाट बज्र ध्वज ङेसुरको उपचारका लागि ६१,२६७/- रुपैयाँ संकलन गरि पहिलो किस्ता पठाउन सफल भएको छ । उक्त ६१,२६७ रुपैयाँ सहयोग रकम उत्पीडित जागरण समाज अभियानका कार्यकारी अध्यक्ष मदन ङेसुर तामाङले बिरामीको श्रीमती मिना तामाङ र दाजु उत्तर कुमार ङेसुर को रोहबरमा बिरामी बज्र ध्वज ङेसुर लाई हस्तान्तरण गरेको छ ।

नेपाल प्रवासी तामाङ पीडित उद्धार संघ को बज्र ध्वाज बचाउ अभियान अझै जारी रहेको र तपाइ हाम्रो सानो सहयोग उहाको लागि जिबन दान सरह हुनेछ । जसको हृदयमा परोपकारको भावना हुन्छ उसका विपत्तिहरू स्वतः नष्ट हुनुको साथै पाइला पाइलामा सफलता प्राप्त भई रहने अभियन्ताहरुको भनाईलाई उद्रित गर्दै अध्यक्ष मदन ङेसुर तामाङले बताउनु भयो ।

त्यसै गरि युएईमा रहि आफ्नो कामको ब्यस्तता सँगै बज्र ध्वज बचाउ अभियान सफल पार्न लागि परेका अटुट प्रतिक्षा ङेसुर, सुरेन्द्र दोङ र युनिक तामाङ ब्लोन लाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु भन्दै दुबई बाट सामाजिक अभियन्ता भिम दोङले आफ्नो फेशबुकमा लेख्नु भएको छ ।

उहाँहरुले बज्र ध्वजको उपचारका लागि ७८,३१६/- रुपैयाँ युएईमा संकलनगरि पठाउन सफल भएको छ । तपाइ हाम्रो सानो सहयोग उहाको लागि जिबन दान सरह हुनेछ । जसको हृदयमा परोपकारको भावना हुन्छ उसका विपत्तिहरू स्वतः नष्ट हुन्छन र पाइला पाइलामा सफलता प्राप्त भई रहन्छन।

No comments