Breaking News

आँखा भरी आँशु पर्दै गणेश लामाले मन छुने दिए मर्मस्पर्शी बयान !


म ठूलो घरानाको त होइन तर, खाना पुग्ने परिवारमा जन्मेको हुँ । काभ्रेको तत्कालिन खहरे पाँगु गाविस हाल रोशी गाउँपालिका वडा नम्बर १ जहाँ दलित समुदायको बाहुल्यता रहेको छ । परियार र वि. क. हरूको ठूलो बस्तीमा २०३५ साल कात्तिक १३ गते म जन्मेको तामाङको छोरो हुँ । पिता पाल्साङ तामाङ राजनीति गर्नुहुन्थ्यो । २३ सालदेखि ३६ सालसम्म चलेको पञ्चायत विरोधी भूमिगत संघर्षमा सामेल हुनुहुन्थ्यो ।

 २०३६ सालमै मेरो बुवाले काठमाडौंको भिमसेन गोलामा घर बनाइसक्नु भएको थियो । म काभ्रेमा जन्में तर काठमाडौंमा हुर्कें ।"२०३६ सालको जनमत संग्रहपछि कांग्रेस छाडेर पञ्चायतलाई समर्थन गर्नुभयो । दुई पटकसम्म प्रधानपञ्च र जिल्लाको उपसभापति हुँदै ०४६ सालमा भएको जनआन्दोलन पश्चात फेरी राप्रपामा प्रवेश गर्नुभयो । अहिले कांग्रेसलाई सघाउँदै हुनुहुन्छ । मेरो पिताको आमा रञ्जु थापा क्षेत्रीसँग अन्तरजातिय विवाह भएको हो । मेरो सौभाग्य भनुँ या अवसर मैले बाल्यकालदेखि नै काठमाडौंमा अध्ययन गर्न पाएँ ।

बाल्यकालमा फूटबल प्रेमी थिएँ, किपर बस्ने गर्थें । खेलाडी बन्ने सपना थियो । म निकै शालीन धेरै नबोल्ने ‘कुल’ मान्छे थिएँ । मैले काठमाडौंको कमल नेत्र छुनामुना स्कुलबाट प्रावि तहको शिक्षा लिएँ, प्रवेशिका भने कमल आदर्शबाट दोश्रो श्रेणीमा उतीर्ण गरें । त्यसपछि म पशुपति बहुमुखी क्याम्पसमा इन्टरमिरियड पढ्न भर्ना भएसँगै राजनीतिमा पनि जोडिएँ, जतिबेला माओवादी युद्ध चर्किंदै थियो । काभ्रेमा रहेको मेरो पुर्खौली घरमा आमा बस्नुहुन्थ्यो । माओवादीहरूले मेरो घर कब्जामा लिए । आमा काठमाडौंमा विस्थापित हुनुपर्यो !

No comments