साइप्रसमा नयाँ बर्ष २०७४ नेपाल चिनाउने अभियानका साथ यसरी धुमधाम मनाईयो !
माया लोप्चन तामाङ/ अप्रिल १४ साइप्रस । साईप्रसमा नेपाल चिनाउने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०७४ को अवसरमा साईप्रसमा रहेका नेपालीहरुसंग शुभकामना अदानप्रदान गर्ने र साईप्रसमा नेपाल चिनाउने अभियान स्वरुप गैर आवासिय नेपाली सघं (एनआरएनए) साईप्रसले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
नेपालमा भुकम्प पश्चात पनि नेपाल घुम्नका लागि सुरक्षित रहेको र नेपाल पर्यटकीय दृष्टिले विश्वका अरु देश भन्दा प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेकोले युरोपका पर्यटकहरुलाई नेपालमा घुम्नका लागि प्रोत्साहन स्वरुप कार्यक्रम आयोजना गरेको स्वरुप गैर आवासिय नेपाली सघं (एनआरएनए) साईप्रसका अध्यक्ष सुवाश मल्लले बताएका छन ।
नेपाली राजदूतावास ईजरायलकी द्वितीय सचिव आस्था सुब्बाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि अवैधानिक नेपाली वाणिज्य दूतावासका मानार्थ वाणिज्य दूत डा. रामजीवन पन्जियार रहेका थिए । वाणिज्य दूत डा. रामजीवन पन्जियारले साईप्रसमा यस्तो कार्यक्रमले सबै नेपालीहरुलाई एकतावद्द गर्ने र नेपालमा पर्यटकहरुलाई घुम्नका लागि प्रोत्साहन पुगेको विश्वास ब्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा गैरअवासिय नेपाली संघका अन्तराष्ट्रिय सदस्य रञ्जित कुमार महतोले विश्वमा रहेका नेपालीहरुले आफनो भाषा ,धर्म, संस्कार ,संस्कृति तथा भेषभुषा लाई सदुपयोग गर्दै नेपालमा रहेका धार्मिक,सॉंस्कृतिक तथा पर्यटकिय स्थलहरुको बारेमा प्रचार प्रसार गर्नु पर्ने बताएका छन्।
साइप्रसमा नेपाल चिनाउने अभियानमा साइप्रसमा रहेका नेपालीहरुले आ-आफ्नो भेषभुषा झल्काउँदै स्थानीय कलाकारहरुले विभिन्न खाले प्रस्तुतीहरु प्रस्तुत गरेका थिए।
कार्यक्रम औपचारिक र अनौपचारिक गरी दुई किसिमले गरेको थियो भने सन्तोष बडाल र जेनि शेर्पाले सन्चालन गरेका थिए।
गैर आवासिय नेपाली सघं (एनआरएनए) साइप्रसद्वारा आयोजना गरिएको शुभकामना अादान प्रदान र साईप्रसमा नेपाल चिनाउन गरिएको सांस्कृतिक कार्यक्रम तथा Visit Nepal Europe 2017 सफल गराउन साइप्रसमा रहेका विभिन्न संघ संस्था र स्वयंसेवकहरु लगाएत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई गैर आवासिय नेपाली सघं (एनआरएनए) साइप्रसले हार्दिक आभार व्यक्त गरेको छ ।







No comments