Breaking News

एन आर एन कतारको समन्वयमा कतारमा स्थापित संस्थाहरुको संयुक्त आयोजनामा २५६१औं बुद्ध जयन्ती धुमधामका साथ यसरी मनाईयो !



कतार 
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय कतारमा स्थापित संघ संस्थाहरुको संयुक्त आयोजनामा आयोजित २५६१औं बुद्ध जयन्ती समारोह पुजापाठ जालपान कार्यक्रम कतार स्थित नेपाली राजदुतावासमा भब्य सम्पन्न भएको छ। 
   
नेपाली राजदुतावासको सभाहलमा आयोजित बुद्ध जयन्ती समारोह कार्यक्रममा विभिन्न जातीय सामाजिक संघ संस्था तथा बैचारिक संघ संस्थाहरु गरि ५८ वटा संघ संस्थाहरुको संयुक्त आयोजना थियो। शान्तिको अग्रदुत महामानव सिदर्थ गौतम बुद्धको २५६१औं जन्म जयन्ती कतारमा अवस्थित संघ संस्थाहरुले विगतको वर्षहरुमा भन्द यसपालि फरक ढंगले मनाएको छन् । नेपाल प्रवासी तामाङ समाज कतारको लामा गुरुहरु ग्याम्जो लामा, थर्चा लामा, प्रकाश लामा, वाङ्जु लामा, गुर्वा लामा, डाह घले लामा, योन्तेन लामा र कान्छा लामाले बौद्ध धर्म अनुसार मोलाम मन्त्र पढी पुजापाठ सम्पन्न कार्यक्रममा विशेष पुजा ब्यवस्थापनमा जातीय संस्थाहरु नेपाल मगर संघ शाखा कतार , तमु ( गुरुङ ) समाज कतार , नेपाल प्रवासी तामाङ समाज कतार र थारु कल्याणकारी सभा च्याप्टर कतारले मिलाएको थियो।



पहिलो चरणको पुजापाठ कार्यक्रम लामा गुरुहरुले वङ मोलाम गरि सबै उपस्थितिहरुलाई पन्ज अमृत तथा खादा अर्पण गरि समापन लगत्तै दोस्रो चरणको कार्यक्रम सुरु भएको थियो। ५८ वटै जातीय सामाजिक संस्था तथा बैचारिक संस्थाका प्रतिनिधिहरुको परिचयत्मक तथा औपचारिक कार्यक्रममा NRN NCC का अध्यक्ष बिनेस तामाङको सभापतित्वमा कतार स्थित नेपाली राजदुत महामय रमेश प्रसाद कोईराला प्रमुख अतिथि थियो भने विशेष अतिथिहरुमा मणि रत्ण शर्मा , NRN NCC को मध्य पुर्व संयोजक उमेश अधिकारी , गिरिजा शर्मा  लगायत विभिन्न समाजको प्रतिनिधिहरुको बाग्लो उपस्थिति थियो।

प्रमुख अतिथि राजदूत रमेश प्रसाद कोईरालाले बुद्धको मुर्तिमा फुलधुप खादा चढाएर सुरु गरेको औपचारिक कार्यक्रममा नेपाल मगर संघ शाखा कतारको अध्यक्ष महेन्द्र थापा मगरले महामानब गौतम बुद्धको बारेमा प्रष्टउँदै स्वागत मन्तव्य दिएको थियो। यसैगरी क्रमशः ५८ वटै जातीय तथा बैचारिक संस्थाको प्रतिनिधिहरुले परिचय तथा संस्थाको बारेमा संक्षिप्त जानकारी गराएको थियो।  नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष तिर्थ थिङ तामाङले गौतम बुद्धको जिबानी पढाएर बुद्धको अर्ती उपदेश हामी मानव जातिले कहिल्यै पनि बिर्सिन नहुने संदेश सुनाएको थियो । यसैगरी प्रमुख अतिथि रमेश प्रसाद कोईरालाले कतारमा नेपालीहरुको एकापसमा मित्रता भाईचरको सम्बन्ध आत्मीयता देखेर उहाँले खुशी व्यक्त गर्नु भएको थियो र आगामी दिनहरुमा उहाँले कतारको श्रमिकहरुको हकमा नेपाली दूतावासबाट  कुनै पनि कसुरहरु बाँकी नराख्ने वचन दिनु भयो। 



अन्तमा कार्यक्रमका सभापति NRN NCC का अध्यक्ष बिनेस तामाङले सबै जातीय संस्था र बैचारिक संस्थाहरु लाई कार्यक्रम सफल परिदिएकोमा  श- धन्यवाद दिदैं आगामी दिनहरुमा पनि यसरी नै संघ संस्थाहरु सँग सहकार्य गर्दै जाने प्रतिबद्ध जनाउँदै कार्यक्रम समापन गरेको थियो।

No comments