Breaking News

उत्पीडित जागरण अभियान समाजको पहिलो अनलाईन बैठक संस्थाको कोषअध्यक्ष गुन्जमान लोप्चन को अध्यक्षतामा सम्पन्न !


हिजो २०७४ जेठ १३ गते शनिबारका दिन उत्पीडित जागरण अभियान समाजको बैठक  संस्था को कोषअध्यक्ष गुन्जमान लोप्चन को अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाको धेरै जसो सदस्यहरु नेपाल बाहिर भएको हुनाले अनलाईन बैठक संचालन गरेका थियौं । त्यसैले नेटको समस्याले गर्दा कतिपय साथिहरु उपस्थिति जनाउन सक्नु भएको थिएन भने कतिपय साथीहरू कार्य ब्यस्तताले गर्दा उपस्थित हुन नसकेको जानकारी हामीलाई प्राप्त भएको थियो । उहाँ हरु बैठक मा उपस्थिति जनाउन नसकेता पनि बैठक बाट पारित भएको बिषयहरुमा सहमति जनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । 

बिबिध कारणले गर्दा संस्थाका कार्यकारी अध्यक्ष मदन लामा र महासचिव मणिक लाल घिसिङ उपस्थित हुनु सक्नु भएन । संस्था को जिम्मेवार ब्यक्तिहरु अनुपस्थित हुँदा हामीलाई उहाँ हरुको अभाव महशुस भइ रहन्थ्यो । तै पनि उहाँहरुले नै बैठक संचालन गर्न अनुमति दिइए पश्चात हामिले उहाँहरुको अभावको बिचबाट बैठकलाई सार्थक र सोचे अनुरुप परिणाम मुखी बनायौ । बैठक मा कोषअध्यक्ष गुन्जमान लोप्चन को अलवा प्रबक्ता गनेश तामाङ, सचिब उषा घिसिङ, बेत्ता घिसिङ, सम्झना लामा, आशिष बल, एलिश तामाङ, नानू गोम्ज(सीता तामाङ), लरि लामा, साङ्मु तामाङ थोकर र सरु लामा आदि सदस्यहरू उपस्थित हुनु भएको थियो भने बैठक भन्दा अगावै र बैठक संचालन भइ रहदा पनि कार्य ब्यस्तताले गर्दा आफू उपस्थित हुन नसक्ने जानकारी सदस्य रन्जिता तामाङले जानकारी दिनु भएको थियो । 
            
बैठक मा संस्थाका कोषअध्यक्ष गुन्जमान लोप्चनले संस्था को परिचय पत्र बनाउन आवस्यक पर्ने फोटो र नागरिकताको फोटोकपि तुरुन्त संस्थाका सचिब उषा घिसिङ र महासचिब मणिक लाल घिसिङ लाई उपलब्ध गराउनु पर्ने सुचना दिनु भएको थियो । त्यसै गरि बैठक मा संस्थागत उठान गरिएको आर्थिक बिधा अन्तर्गतको प्रोजेक्टको अबधारणा लाई कोषअध्यक्ष ले बैठक मा प्रस्तुत गर्नु भयको थियो । यहि प्रोजेक्ट उपर छलफल चली रहदा संस्था को सदस्य नानू गोम्ज ले राख्नु भएको जिज्ञासालाइ अर्को सदस्य सम्झना लामाले प्रष्ट पार्नु भएको थियो । 
       
त्यस्तै संस्थाका सदस्य आशिष तामाङले संस्थालाई खुल्ला रूपमा अगाडी बढाउनु पर्छ भन्ने जिज्ञासा र सल्लाहलाई संस्थाका प्रबक्ता गणेश तामाङ ले संस्थाको  अल्पकालीन र दीर्घकालिन योजनाहरुको उदाहरण प्रस्तुत गर्दै जिज्ञासा लाई प्रष्ट पार्नु भएको थियो । त्यसै गरि बैठक को मध्य समय तिर संस्थाको कोष अध्यक्ष गुन्जमान लोप्चनले संस्थालाई आर्थिक रूपमा बलियो बनाउन र एक आपसमा बिश्वास को बाताबरण बनाउन आफुले यो प्रस्ताब अगाडी सारेको र भबिस्यमा पनि यस्ता संस्था लाई टेवा पुग्ने प्रस्ताव हरु अगाडि ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसै गरि बेत्ता घिसिङले आफुले बिगत देखि संचालन गर्दै आएको संस्था को उदाहरण दिदै संस्था लाई दीर्घकालीन रूपमा फाइदा हुने सल्लाह प्रदान गर्नु भएको थियो । त्यसै गरि संस्था को अर्को सदस्य लरि लामाले यो प्रोजेक्ट छिटोभन्दा छिटो संचालनमा ल्याउनु पर्ने धारणा राख्दै संस्था को हरेक काममा आफू सकारात्मक रहेको जानकारी दिनु भयो ।

No comments