Breaking News

साईप्रस बाट साङमु थोकरको पहलमा असहाय बालबालिकालाई आर्थिक सहयोग !


गणेश ब्लेन्थेन 

भनिन्छ  प्रार्थना गर्ने ओठहरु भन्दा सहयोग गर्ने हातहरु महान हुन्छन् । जीवन हाम्रो केवल धनले मात्रै धन्य हुने हैन जीवन धन्य त दानले, सेवा भावनाले , शुद्ध मनले हुने हो । हाम्रो हातको शोभा कुनै सुनको बाला होईन  समर्पण हो ,एकाअर्कालाई मानवताको नाताले सर सहयोग गर्नु , असहाय , दिन दुखी, वृद्ध अपाङ्ग अशक्तहरुलाई दान गर्नु त्यो नै धर्म हो ,मानवताको परिचय हो ।

यहि भनाईलाई चरितार्थ रुपमा उतारेका छन एक सच्चा मन जो रोजगारीको सिलसिलामा  साईप्रस र इजरायलमा रहेर आफ्नो सन्तती तथा परिबारकालागी पसिना त बगाईनै रहेका छननै त्यहि पसिनाको केहि अंश  दिदिबहिनीहरुको  जमातले गरिब असहाय बालबालिकाहरुको लागि आर्थिक सहयोग जुटाएर पुण्य लाभ गरि उदाहरणीय चेतानमुलक कार्य गरेको छन् । रसुवा जिल्लाको विकट गाउँहरु हकु , थुमन , राम्चे लगायत आसपासमा रहेका अभिभावक बिहीन बालबालिकाहरुलाई  श्री सक्षम समाज नेपाल संस्थाले आश्रय दिई उनिहरुको हेरचह गर्दै आएको छ । त्यसै संस्था मर्फत उहाँहरुले बालबालिकाहरुको लागि शैक्षिक सामाग्री खाद्यान्न र लत्ताकपडाको लागि केही सहज होस् भन्ने सोचले साङमु थोकरको पहलमा दिदिबहिनीहरु मिलेर आर्थिक सहयोग गरेको छन् । समाजमा यस्ता ब्यक्त्विहरु पनि छन जो पुरुष प्रधानसमाज भनेर धक्कु लगाउनेहरुलाई चेलीबेटीहरुको सर्हानिय  र साहसिक कामले गिज्याईरहेको छ । महिलाले पनि गर्न सक्छन भन्ने गतिलो उदाहरण दिएका छन,यी दिदिबहिनीहरुले।



समाजमा यस्ता ब्यक्त्विहरु पनि छन जो पुरुष प्रधानसमाज भनेर धक्कु लगाउनेहरुलाई चेलीबेटीहरुको सर्हानिय  र साहसिक कामले गिज्याईरहेको छ ।

असाहय टुहुरा जस्ता शब्दहरु भन्न जति सजिलो छ भोग्नेहरुलाई मात्र थाहा हुन्छ यो बकोललिे कतिको असर र प्रभाब पार्छ भनेर । पक्कै पनि यी साहसिक महिलाहरुलाई धन्यबाद शब्दले मात्र सम्बोधन गरेर पुग्दैन । फुल्दै गरेका कलिला बालबालिकाको भबिष्यप्रति बफादार जिम्मेवार दिदीबहिनीहरुलाई हाम्रोपनि सम्मान ।

समाजमा यस्ता ब्यक्त्विहरु पनि छन जो पुरुष प्रधानसमाज भनेर धक्कु लगाउनेहरुलाई चेलीबेटीहरुको सर्हानिय  र साहसिक कामले गिज्याईरहेको छ ।

बालबालिकाहरुको लागि आर्थिक सहयोग गर्ने सहयोगि मनहरु यसप्रकार हुनुहुन्छ :

-सङमु थोकर तामाङ रसुवा हल साईप्रस बत्तीस हजार (३२,०००) रुपैयाँ ।

-माया लोप्चन तामाङ नुवाकोट हल साईप्रस एघार हजार (११,०००) रुपैयाँ ।

-सरु लामा तामाङ रसुवा हल साईप्रस (११,०००) हजार रुपैयाँ ।

-पासाङ स्यङ्बा तामाङ रसुवा हल साईप्रस पाँच हजार ( ५,०००) रुपैयाँ ।

-माया थिङ तामाङ रसुवा हल साईप्रस एघार (११,०००) हजार रुपैयाँ ।

-रोजि मोक्तान तामाङ रसुवा हल इजरायलबाट एघार (११,०००) हजार रुपैयाँ ।

जम्मा रकम :- ८१,०००/ एकासी हजार

सहयोगबाट जुटेको एकासी हजार रुपैँया छोमो  तामाङको खातामा जम्मा भैसकेको र उहाँको हातबाट उक्त रकम सोमबार सक्षम समाज नेपालको अध्यक्ष श्री पासाङ शेर्पालाई हस्तान्तरण गरिने  साईप्रसबाट साङमु थोकरले जनाएकी छिन ।

No comments