Breaking News

तीन नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार साँझ पदभार ग्रहण गर्नुभएको छ ।

तीन नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार साँझ पदभार ग्रहण गर्नुभएको छ ।

तत्कालीन क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा स्थापना गरिएको तीन नम्बर प्रदेश प्रमुखको कार्यालयमा कोइरालालाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । पदभार ग्रहण गर्दै कोइरालाले आफूले पाएको जिमेवारी इमान्दारीताका साथ पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल, मकवानपुरका प्रदेश सांसदहरु डोरमणि पौडेल, मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, तीन नम्बर प्रदेश कार्यालयका सचिव रेश्मीराज पाण्डे, सहक्षेत्रीय प्रशासक मनोहरप्रसाद खनाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामालगायतकाको उपस्थिति रहेको थियो । 

कार्यक्रमअघि हेटौंडाको चौकीटोल सिरानबाट नै प्रदेश प्रमुखका लागि सडकको दायाँबायाँ नै घडा राखिएको थियो । प्रदेश प्रमुखको कार्यालयमा भने प्रतिनिधिसभा सांसदहरु, प्रदेश सदस्यहरु, क्षेत्रीय र जिल्ला स्तरका सरकारी कार्यालयका प्रमुखहरुले फूलको गुच्छा दिँदै खादा ओढाएर स्वागत गरेका थिए । 

एक सय १० प्रदेश सदस्यको सपथग्रहण
प्रदेश प्रमुखको शनिबार पदबहाली भएसँगै आज आइतबार बिहान ११ बजे हालको क्षेत्रिय शिक्षा निर्देशनालयको हलमा एक सय १० जना प्रदेश सदस्यहरुको सपथग्रहण गराउने भएको छ ।

प्रदेश सदस्यहरुको सपथ ग्रहण अगाडी बिहान १० बजे भने प्रदेश सभाका सदस्य मध्येका जेष्ठ सदस्य डोरमणी पौडेललाई प्रदेश प्रमुखको कार्यालयमा सपथ गराउने र त्यस लगतै उहाँले अरु प्रदेश सदस्यहरुलाई सपथ गराउने कार्यक्रम तय भएको मध्यमाञ्चल क्षेत्रिय प्रशाशक रेस्मिराज पाण्डेले बताउनुभयो ।

No comments