मलियस्य तामाङ समाजको अध्यक्ष चक्र घिसिङ तामाङले सोनाम ल्होछार माघ शुक्ल प्रतिवाद फागुन ४ मै हो ।
हाम्रो परम्परा र बिश्वासमा आधारित सम्बत भनेको चन्द्र पात्रो (मन्जुश्री सम्बत) हो । जसमा ल्हो गणना परम्परा हुन्छ तर अहिलेको बिक्रम सम्बत भनेको सौर्य पात्रो हो । यो सौर्य पात्रोमा तामाङको बिश्वास र परम्पराको आधारमा चल्ने हाम्रो ल्हो गणनाको परम्परा हुदैन । तसर्थ सुर्य र चन्द्रमाको गतिमा भिन्नता हुने भएकोले दिन, घण्टा फरक हुन्छ । यसलाई मिलान गर्न ज्योतिष नियम अनुसार मलमास (अधिकमास) थपिन्छ । हाम्रो चन्द्र पात्रो अनुसार यश बर्ष असार महिना २ वटा भएर १३ महिना, ३८४ दिनको एकबर्ष हुन पुगेको छ । तर सौर्यपात्रोमा २०७४ सालमा मलमास पर्ने हुदा अर्को साल फेरि दुवै पात्रोको डेट मिल्न जान्छ ।
यश बर्षको मलमास परे अनुसार हाम्रो तिथि माघ शुक्ल प्रतिपदा सरेर फागुनको ४ गते पुगेको छ । सौर्य पात्रोमा मलमास नपरेको हुदा माघ ४ भयो । यो गलत भएको छ हाम्रो परम्परा अनुसार । हाम्रो आधार बाहुनले बनाउने क्यालेण्डरमा खोजेर हुदैन । त्यसैले ख्रे ला छेपा गि (माघ शुक्ल प्रतिपदा) फागुन ४ हो ।

No comments