कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रदेश नं ३ को स्थायी राजधानीको लागि काभ्रे उपयुक्त भएको बताएका छन् ।
काभ्रे — नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रदेश नं ३ को स्थायी राजधानीको लागि काभ्रे उपयुक्त भएको बताएका छन् ।


काभ्रेमा शनिबार भएको एक कार्यक्रममा उनले भौगोलिक रुपमा पनि काभ्रे सबै जिल्लाका लागि उपयुक्त भएको दाबी गरे । ‘भौतिक पूर्वाधार मात्रै प्रमुख कुरा हैन, सबैको लागि पायक पर्ने स्थान पनि चाहिन्छ,’ थापाले भने, ‘पूर्वाधार र भौगोलिक हिसाबले पनि काभ्रे उपयुक्त हुन सक्छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मकवानपुरको हेटौँडालाई प्रदेश नं ३ को अस्थायी राजधानी तोकेपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।
No comments