Breaking News

गणेश लामा प्रकरणमा नयाँ खुलासा, सिसिटिभीले देखायो प्रहरीलाई दोषी


काठमाडौं । नेपकांग्रेस काभ्रेले युवा नेता गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ ।
कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर लामालाई रिहाइ नगरिए सडक आन्दोलन गर्ने चेतावनी दिएको हो ।
बुधबार साँझ राजधानीको गौशालाबाट प्रक्राउ परेका लामालाई सुनियोजित ढंगले फसाउन खोजेको आरोप कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले लगाएको छ ।
कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति मधु आचार्यले नागरिकको सुरक्षाको लागि कांग्रेसले जुनसुकै कदम चाल्ने बताए ।
उनले भने, ‘हामी यस कार्यप्रति घोर भत्र्सना गदछौँ, कांग्रेसका युवा नेता गणेश लामा शारीरिक व्यायामबाट घर फर्किदै गर्दा गौशाला नजिक उनीमाथि गोली प्रहार भयो, भाग्यवश उनलाई गोली लागेन, उनीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले समातेन, तर, गणेश लामालाई हातहतियारसहित लामा प्रकाउ ग¥यौं भनेर प्रहरीले सूचना जारी गरेको छ, योभन्दा गैर–जिम्मेवारी कुरा के हुन सक्छ ? लामाले आफूमाथि गोली हान्नेलाई समात्न खोज्दा उनीहरू भागे, प्रहरीले भाग्नेहरूलाई नसमातेर लामालाई मात्रै समात्यो, गोली हान्ने मानिस भाग्छ, प्रहरीले लामालाई षड्यन्त्रपूर्वक समात्छ, प्रहरीले देखाएको यो कस्तो नाटक हो ?’
कांग्रेस सभापति आचार्यले भने, ‘हामीले त्यो समयका प्रत्यक्षदर्शी र सिसिटिभी क्यामेरामा कैद भएका फुटेज हेर्दा साधा पोशाक लगाएका प्रहरीले नै लामामाथि गोली हानेको शंका गरेका छौँ, यस्तो स्थिति हो भने मन नपरेका मानिसलाई अधिनायकवादी सरकारले प्रहरी प्रशासन लगाएर मार्ने अनि संविधान प्रदत्त नागरिकले बाँच्न पाउने हकमाथि कुठाराघात गर्ने अनि कसरी हामीले सरकारको विश्वास गर्ने ?’

No comments