Breaking News

तामाङ भाषाले प्रवेश पाउँदै,संसद हित बहादुरले लिने भए मातृभाषामा ‘सपथ’!

संघीय संसदमा आज तामाङ भाषाले औपचारिक रुपमा प्रवेश पाउने भएको छ । सांसद हितबहादुर तामाङले मातृभाषा ‘तामाङ’ मा सपथ लिने भएपछि संसदमा तामाङ भाषाले प्रवेश पाउने भएको हो । मातृभाषामा सपथ लिन लागेका तामाङ नुवाकोटबाट निर्वाचित भएका हुन् । उनले कांग्रेसका नेता तथा पटकपटक अर्थमन्त्री बनेका रामशरण महतलाई हराएका थिए ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने अन्य तामाङ सांसदहरु शेरबहादुर तामाङ, गंगाबहादुर तामाङ, बहादुरसिंह तामाङ, शान्ति पाख्रिन र नबिना लामाले भने नेपाली भाषामै सपथ लिने भएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा हलमा प्रतिनिधिसभाका र नुप्सेहलमा राष्ट्रियसभा सदस्यको शपथ हुनेछ । पद तथा गोपनियताको सपथ ग्रहणमा विभिन्न ११ वटा मातृभाषामा हुने कार्यक्रम तय हुँदैछ ।
संसद सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने भएका छन् । जसमध्ये १३ प्रतिनिधिसभा र ४ राष्ट्रिय सभाका सदस्य छन् । त्यसबाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन् ।
प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी ३३४ सांसद छन् । प्रतिनिधिसभामा निर्वा्चित रेशम चौधरीको शपथ अझै अन्योल छ भने राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत ३ सांसदको शपथ तत्काल नहुने भएको छ । आइतबार हुने शपथ कार्यक्रम कुनै तामझामविनै सामान्य प्रक्रियाबाट हुने सचिवालयले जनाएको छ ।

No comments