Breaking News

२५६१ औं बुद्ध जयन्ती बिगतको बर्षहरुमा झैँ यसपाली पनि मलेसियामा भब्य रुपमा मनाउने तयारी !


मलेसिया, रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत नेपालीहरु आबद्ध समाजिक संस्था नेपाल आदिवासी जनजाती महासंघ मलेसिया र गैर आवाशिय नेपाली संघ त्यसै गरि नेपाली राजदुताबाँस मलेसिया लगायत मलेसिया रहेका विभिन्न राजनितिक भातृ संगठनहरु,सामाजिक संघ संस्थाहरु मिलेर संयुक्त रुपमा २५६१ औं बुद्धजयन्ती यहि आउदो महिनाको मेयइ १० तारिख बुधबारको दिन मनाउने निर्णय गरेको छ।

आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष दिपक तामाङ बम्जनको अध्यक्षतामा हुने बुद्ध जयन्ति कार्यक्रममा प्रमुख अतिथीको रुपमा गैर आवासिय नेपाली संघ(NRN) मलेसियाका अध्यक्ष विश्व बिक्रम राई ,विशेष अतिथीमा गैर आवासीय नेपाली संघकै पुर्व अध्यक्ष शङकर बहादुर पौडेल र (ICC)मलेसियाको सदस्य खगेन्द्र न्यौपाने हुने आदिवासी जनजाती महासंघका सचिब दिपक सुनाखरीले हमार सनेश ड्टकमलाई जानकारी गराउनु भयो।

गत आइतबार १६ तारिखको दिन S&SB को कार्यालयमा बसेको बैठकमा उपस्थित मलेसियामा रहेका विभिन्न सक्रिय समाजिक संघसंस्था,राजनीति पार्टीका भातृ सङ्गठनहरुको अध्यक्षहरुको भनाइ अनुसार सबैको सहकार्यमा  बिगतमा भन्दा यो बर्ष अलिक पृथक ढङ्गबाट २५६१ औं बुद्धजयन्ती शब्य र भब्य रुपमा मनाउने निर्णय गरिएको बैठकमा उपस्थित शेर्पा किदुग मलेसियाका अध्यक्ष न्वाङ नुरि शेर्पाले बताउनु भयो।

कार्यक्रम मेयइ १० तारीख २०१७ बुधबारको दिन बिहान ८ बजे बौद्ध बिहार ब्रेकफिल्डमा उपस्थित भै पुजापाठ गर्ने र सोही दिन बेलुका ६:३० बजे बाट बौद्धबिहार ब्रेकफिल्डबाट प्रत्येक देशले लोरिमा बुद्धको मुर्तिलाई सजिसजावट गरेको हुन्छ । त्यस्तैगरी हाम्रो नेपालको पनि लोरिमा बुद्धको मूर्तिलाई सजिसजावट गरि नेपालको झन्डा लुम्बिनीको सबै मूर्तिकलाहरुलाई   सजायको हुन्छ र त्यहा लेखिएको हुन्छ गौतम बुद्ध वाज बोर्न इन नेपाल ।

पदयात्रामा सहभागी भै बुद्धको मुर्ति छापिएको टिसर्ट मा( lord gautam buddha was born in Lumbini nepal) बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको हो भनेर लेखिएको टिसर्ट उपस्थित नेपालीहरुले लगाएको हुनेछ पदयात्रा भने २१ किलोमिटरको हुनेछ र यो पदयात्रा भरिमा बुद्धको मन्त्र धुनले गुन्जायमान बनाउने,अन्तमा जहाँ बाट पदयात्रा सुरु गरियको हुन्छ त्यही आएर बिसर्जन गरिने छ।मयइ े १० तारिक भन्दा २ दिन अगाबै नेपालको झन्डा बुद्धको मूर्तिकला संघसस्थाको  लोगो अङ्कित लोरिले मलेशियाको विभिन्न सहरहरुमा परिक्रमा गरिसक्ने र यसले गर्दा पनि बुद्धको प्रचारप्रसारमा निक्कै ठूलो टेवा पुग्ने बिश्वास आयोजक कमिटीले लिइएको छ।



बुद्धजयन्ती मुल समारोह आयोजक कमिटी निम्न प्रकारले गठन गरिएको छ।

[आर्थिक सहयोग को लागि]
१)दिपक तामाङ 
२)सुन्दर आले मगर
३)मोहन राना मगर
४)नावाङ नुरि शेर्पा
५)चक्र तामाङ
६)प्रीतम तामाङ
७) आर एन चौधरी थारु

[ब्यबस्थापन को लागि ]
१)शंकर पौडेल
२)सोनम नोर्बु तामाङ
३)रिन्जी शेर्पा
४)आङकाजी शेर्पा
५)पदम ध्वज तामाङ

कार्यक्रम संयोजक
१)दिपक तामाङ
२)शंकर पौडेल
३)सुन्दर आले मगर
४)राजेश लामिछाने 
५)दिपक सुनाखरी मगर

*सहयोगी जातीय, समाजिक, राजनीतिक भातृ संघसस्थाहरु निम्न प्रकारको रहेको छ।

१)तामाङ समाज मलेसिया 
२)शेर्पा किदुक मलेसिया 
३)नेपाल मगर संघ मलेसिया 
४)तमु समाज मलेसिया 
५)बौद्ध महासंघ मलेसिया 
६)घले समाज मलेसिया 
७)किरात याक्थुङ चुम्लुङ 
८)किरात राई आयोख्या 
९)प्रबासी थारु सेवा समाज मलेसिया
१०) खोटाङ सेवा समाज मलेशिया 
११) भोजपुर सेवा समाज मलेशिया 
१२)धिमाल जाती बिकास प्रबास मलेशिया 
१३) सुनुवार सेवा समाज मलेशिया 
१४) प्रबासी सितोरियो कराते संघ मलेशिया 
१५) नेपाली ब्याबसायी समाज मलेशिया 
१६) नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेशिया 
१७) नेपाली जनप्रगतिसिल मंच मलेशिया 
१८) नेपालि श्रमिक मंच मलेशिया 
१९) अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया

No comments