Breaking News

जाँदाजाँदै प्रधानन्यायाधीश सुशीलाको दमदार स्वागत योग्य काम, तीन पूर्वआईजीपीलाई जेल चलान !


काठमाण्डु, सर्वोच्च अदालतले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको छ ।

सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले प्रहरी बन्दोबस्तीको सामान खरिदको क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचार मुद्दामा अन्तिम फैसला सुनाएको हो ।

अदालतको फैसलामा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ । तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ । अन्य आरोपीलाई सर्वोच्चले सफाइ दिएको छ । प्रधानन्यायाधीश काकीविरुद्ध आजै संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

No comments