मेरो जन्म थलो ,मायाको खानी अनि मेरो आस्थाको धरोहर तिम्रै नाममा दुई चार शब्द !
| लेखक: रचना मोक्तान "यात्री" |
प्रिय तिमाल
मेरो जन्म थलो ,मायाको खानी अनि मेरो आस्थाको धरोहर तिम्रै नाममा दुई चार शब्द लेख्न खोज्दै छु अनुमति देउ ल ।
आज तिमी देखी अलि टाढा छु। तिमी देखी टाढा रहने मेरो रहर हैन । फेरि भौतिक शरीर टाढा रहेर के भो र तिमीलाई सदा मेरो आत्मले नजिक राखेको छु । तिम्रै काखमा जन्मे, हुर्के र जीवनको हर संघर्षहरु तिमीले नै मलाई सिकायौ । एक नारीलाई घरको साघुरो चौघेरा तोडेर संघर्षको मैदानमा लड्न सिकायौ । त्यती मात्र कहाँ हो र तिमीले सम्झेकै हुनु पर्छ नदि, रीता, च्याङबा, बुद्धि र सिर्जनाहरुलाई परिवर्तनको निम्ति गुमायौ । अनि आमा सामन्ती हेपाह प्रवृत्तिबाट केहि माथि उठेर बोल्न सिकायौ । हिजो शिर ठाडो गरि बोल्न नसक्ने हरुलाइ सिह दरबार र संसदीय भवनमा औंला उठाउदै बोल्न सक्ने सम्म बनायौ । तिम्रो अमूल्य योगदानलाइ हिजो मैले कदर गरेकै हु र भोली पनि गर्ने नै छु तर बिडम्बना आज आसुले यो शब्द लेख्न बाध्य छु ।
मलाई माफ गर्नु ल । तिमीलाई हिजोकै सामन्ती प्रवृत्ति मन परेको छ रे त्यसैले त तिमीले परिवर्तन चाहेनौ रे । राम्रोलाइ भन्दा हाम्रोलाइ , गरिबलाई भन्दा धनीलाई र नोटमा भोट साट्न खोज्नेलाइ काखी च्याप्यौ रे । अनि तिमीले पनि हिजोको परिवर्तन भुलेर आफ्नै मृत्युको मुखबाट बचेर आएको सन्तान माथी अन्तरघात गर्यौ रे । सम्झी राख है आमा आज तिमीलाइ माया गरेको बहनामा भोलि तिम्रो मुटु कलेज झिकेर तिम्रो हत्या नगर्ला भन्न सकिन्न । दुख पचि सकेकी स्पात हु म । स्पात बन्न हिजो तिमीले सिकाएकै हौ । हारभित्र जित देख्ने, अध्यारो भित्र उज्यालो खोज्ने अविरल यात्रामा निस्केको यात्री हु ।
त्यसैले म थाकेर विश्राम गर्ने छैन । भोलिको जितको निम्ति आमको हितको निम्ती लगातार लागी रहने छु । अनि आमा तिम्रो सौतेनी व्यवहारले म केही कमजोरी देखिए पनि आज तिमी नोटमा बिकेर मेरो छातीमा लात हाने पनि तर म तिमीलाई निरन्तर माया गरि रहने छु किन कि मेरी आमा हिजोकै दिनमा झै थिचिन नपरोस ।
अनि आमा सामन्ती प्रवृत्तिले लात हान्दा तिमीलाई उद्दार गर्ने सायद म बाहेक अरु कोहि हुन्न होला त्यही बेला त्यही क्षण तिमीले आज गरेको भूल सम्झिने छौ ।
हवस त शब्द तितो लाग्यो होला अहिलेको समय मेरो लागी अपत्यारिलो र तितो भएकै कारण यस्तै शब्द भित्री मनबाट निस्क्यो त्यसैले माफी माग्दै बिदा हुन्छु धन्यवाद ।
रचना मोक्तान "यात्री"
हाल : सिन्धुली रामपुर
No comments