रोशी गाउँपालिकाको अध्यक्षमा र उपाध्यक्षमा कांग्रेस विजयी !
जेष्ठ ३, २०७४- रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । ४ हजार ३ सय ४२ मत प्राप्त गरी दलबहादुर (डिबी) लामा अध्यक्षमा र ३ हजार ८ रसय ९८ मत प्राप्त गरी लक्ष्मी बर्तौला उपाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वृषध्वज वाइवाले २ हजार ९ सय ५७ र उपाध्यक्षमा बबिता बोहोराले २ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए ।
रोशीको वडा नं ६, ७, ८, १० र ११ मा नेपाली कांग्रेस, ५ र १२ मा नेकपा (माओवादी केन्द्र), १ र ३ मा राप्रपा, ९ मा एमाले, २ मा फोरम लोकतात्रिक र ४ नं वडामा मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारले वडा अध्यक्ष पदमा विजयी भएका छन् ।
No comments