Breaking News

नेपाल तामाङ घेदुङ ईजरायल र सहयोगी मनका धनी ईजरायलबासी रसुवाली चेलीहरु द्धारा मृगौला पिडित मिङमार लाई सहयोग !


सेवा नै धर्म हो भन्ने नारालाई आत्मसात गर्दै बैदेशिक रोजगारीको क्रममा ईजरायलमा बसोबास गर्ने तामाङ संघ सस्था र रसुवाली चेलीहरुले रसुवा जिल्ला कालिका गाउपालिका वार्ड नम्बर २ निवासी मिङमार स्याङ्बा तामाङ लाई नेपाली रुपयाँ ६३,०१०/- सहयोग गरेको छ । 

मिङमार स्याङ्बा तामाङ बिगत ३ बर्ष देखी दुबै मृगौला फेल भएको र प्रत्यरोपनको लागि आर्थिक अवस्था नाजुक भएको कारणले नेपाल मेडिकल कलेज काठमाडौंमा मृत्यु सँग लडिरहनु भएका थियो । बिरामीले देश बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु सँग आर्थिक सहयोगको लागि अपिल गर्नुभएको थियो । 

उहाँको अनुरोधलाई मध्यनजर गर्दै ईजरायलमा रहेका नेपाल तामाङ घेदुङ लगाएत सहयोगी मनका धनी  रसुवाली चेलीहरुले निम्न रकम सहयोग गर्नु भएको छ ।

१. नेपाल तामाङ घेदुङ इजराइलबाट नेपाली रुपियाँ २५ हजार
२. पासाङ ल्हामु तामाङ १०० सेकेल रसुवा हाल इजरायल
३. रोजी मोक्तान तामाङ नेपाली रु १०००० दश हजार रसुवा हाल इजरायल
४. सानु माया लोप्चन तामाङ ५१ सेकेल नुवकोट हाल इजरायल
५. फुर्बा लोप्चन तामाङ १०० सेकेल रसुवा हाल इजरायल
६. दावा स्यङबा लामा १५० सेकेल रसुवा हाल इजरायल
७. लक्ष्मी सूनुवार १०५ सेकेल धरान हाल इजरायल
८. लाक्पा स्यङबा तामाङ रु १०००१ दश हजार एक रुपिया रसुवा हल इजरायल
९. दावा थोकर तामाङ १०० सेकेल रसुवा हाल इजरायल गरि जम्मा नेपाली रुपियाँ ६३,०१० साहयोग गर्नु भएको छ ।



साथै नेपाल तामाङ घेदुङ मकाउ का अध्यक्ष दोर्जे गोले ज्यु ले रु ५ हजार गरी जम्मा नेपाली रुपिया ६८,०१०/-  आज एक विशेष कार्यक्रम नेपाल तामाङ घेदुङ बहुउद्देश्यीय शहकारी लिमिटेड्को उत्घाटन समारोहमा पीडितका आफन्त सोम बहादुर तामाङ (ग्लान) लाई उक्त रकम हस्तान्तरण गरिएको छ । बिरामी मिङ्मार स्याङ्बा तामाङ को तर्फबाट सम्पूण सहयोगी मनहरूमा  हार्दिक धन्यवाद ज्ञापन गरीएको थियो ।

No comments