नेपाल घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव एवं शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न ! (फोटो फिचर सहित)
साङमो थोकर तामाङ / अक्टोबर १५ साईप्रस
“तामाङ जातीको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्वर्द्धन ” भन्ने मुल नाराका साथ एक वर्ष अगाडी स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले तामाङ प्रतिको माया र भावना बोकेर साईप्रसमा रहेका सबै तामाङहरुलाई एकीकृत गराउने प्रयास गर्दै नेपाल तामाङ घेदुङ साईप्रसको आज प्रथम ऐतिहासिक वार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
तामाङ घेदुङ साईप्रसकी अध्यक्ष सीता तामाङ (नानु गोम्जा) को सभापतित्व, होनारी कन्सुलेटका डा.रामजीवन पन्जियार प्रमुख र एनआरएनए साईप्रसका उपाध्यक्ष योवाङ्ग घलेको बिशेष आतिथ्यताम सम्पन्न भएको वार्षिकोत्सवमा घेदुङ साईप्रसकी महासचिव माया लोप्चन तामाङले संचालन गरेको कार्यक्रममा स्वागत मनतव्य नेपाल तामाङ घेदुङ साईप्रसकी सचिव लक्ष्मी ब्लोन तामाङ, स्वागत गीत निर्मला थिङ तामाङ र लक्ष्मी ब्लोन तामाङ स्वागत नृत्य बिना मोक्तान तामाङ र सुना घिसिङ तामाङ को रहेको थियो ।
अतिथि होनारी कन्सुलेटका डा.रामजीवन पन्जियार, विशेष अतिथि एनआरएनए साईप्रसका अपाध्यक्ष योवाङ्ग घले, अतिथिहरु एनआरएनए साईप्रसका महासचिव अन्तेस राउत , एनआरएनए साईप्रसकी महिला प्रतिनिधि तथा चितवन सेवा समाज साईप्रसकी अध्यक्ष जसुमाया पुन मगर, एनआरएनए साईप्रसका सल्लाहकार श्री सुरेश शाह,ब्रिटिस गोर्खा साईप्रसका श्री सुरेश परियार, किरॉंत राई सेवा समाज साईप्रसकी अध्यक्ष ध्रुब राई , नेपाल तमाङ घेदुङ साईप्रसकी सक्रिय सदस्य तथा अन्तराष्ट्रीय कलाकार मञ्च साईप्रसकी उपाध्यक्ष हिरामाया बोम्जन तामाङ, बिरेन भट्ट र मिडिया कर्मीहरु आत्माध्वज लामा, अशिम शर्मा र दिनेश गौतम लगायत परदेशी खबर डटकम, तामाङ अनलाइन , शैलुङ अनलाइन र कार्यक्रममा उपस्थित हुनु भएका सुरेश परियारले संस्थालाई आर्थिक सहयोग गर्नु भएकोमा नेपाल तामाङ घेदुङ साईप्रस परिवारले उत्पीडित जागरण अभियान समाज मार्फत हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
प्रथम ऐतिहासिक वार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रममा थप नयाँ सदस्यहरु पनि सहभागी भएको छ । नयॉं सदस्यहरुलाई घेदुङ सदस्यता प्रमाण पत्र वितरण गर्दै खादा ओडाएर भव्य रुपमा स्वागत गरेको छ।









No comments