Breaking News

कैलाली क्षेत्र नं. १ बाट राजपाका रेशम चौधरी विजयी हुनु भएको छ ।


कैलाली क्षेत्र नं. १ बाट राजपाका रेशम चौधरी विजयी हुनु भएको छ ।कैलालीको टिकापुर हत्याकान्डका योजनाकार भएको भन्दै प्रहरीको खोजीको सुचीमा रहेका रेशम चौधरीले वर्तमान बामगठबन्धनलाई पछाडि पार्दै बिजयी हासील गर्नु भएको हो ।
कैलाली क्षेत्र नं. १ बाट उहाँले ३४ हजार ३ सए ४१ मत ल्याउदै विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्धन्दि बाम गठबन्धनका गरिमा शाहले १३ हजार ४ सए ६ मत ल्याउनु भएको हो । रेशम चौधरी २० हजार ९ सए ३५ मतान्तरले बिजयी हुनु भएको हो । नेपाली कांग्रेसका इश्वरी न्यौपानेले ११ हजार २ सए ३ मत पाउनु भएको छ ।
भारत र नेपालको सीमानामा रहेरे आफुलाई जोखिममा राखी सहज बातावरणमा निर्वाचनको प्रचार प्रसार गर्न नपाएका रेशम चौधरीले विजयी प्राप्त गर्नु टिकापुर कान्डमा थारु समुदाय माथि ज्यादति भएकै हो भन्ने विषयमा सोझै भन्न सकिने अवस्था सृजना भएको देखाएको छ मत परिणामले ।
चौधरी कैलाली घटनाका मुख्य आरोपित भन्दै प्रहरीले खोजीको सुचीमा राखेको हुँदा रेशम चौधरीले वारेसनामा मार्फत उम्मेदवारी दिनु भएको थियो । विजयकुमार गच्छेदारको पार्टी नेपाली काग्रेसमा विलय भएपछि त्यस  क्षेत्रका त्यस  क्षेत्रबाट निर्वाचन जितेका जनकराम चौधरीलाइ नेपाली काग्रेसले प्रदेश सभामा उठाएको थियो भने नेकपा एमालेले गरिमा शाहलाइ चुनावि मैदानमा उतारेको थियो ।
नेकपा एमालेको सो निर्णयले कार्यकर्ता असन्तुष्टि देखिएका थिए भने नेपाली कांग्रेसले पनि सो क्षेत्रबाट महिला उमेदवार इश्वरी न्यौपानेलाइ मैदानमा उतारेको थियो । सो  क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ बाम गठबन्धन र नेपाली काग्रेसले थारु उमेदवार दिन नसक्दा पनि रेशम चौधरीलाइ निर्वाचन जित्न सहज भएको हो ।
२०७२ साल भदौ  ७ गते कैलालीको टिकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ बर्षिय नावालक सहित आठ जना सुरक्षाकर्मीको सामुहिक हत्या भएको थियो ।
अब निर्वाचनमा मार्फत जनमतको कदर गर्दे रेशम चौधरीलाइ स सम्मान तरिकाले जिवन यापन गर्ने दिने कि के गर्ने जन मतलाइ लत्याउने सरकारको निर्णय हेर्न बाँकि रहेको छ ।

No comments