काभ्रेपलाञ्चोक जिल्लामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता गंगावहादुर दोङ (बम्ध्वज) ले निवर्तमान सांसद एवं नेपाली कांग्रेसका उम्मेद्वार तिर्थ लामालाई पराजित गरेका छन् । बमध्वजले ४३ हजार ६ सय ३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी तिर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गर्नुभएकाे थियाे ।
प्रदेशसभामा भने (क) मा माओवादी केन्द्रका रत्न ढकालले २५ हजार १ सय ६ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिद्धन्द्धी सिवि लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभा १ को (ख) मा २४ हजार ४ सय ४७ मत प्राप्त गरी नेकपा एमालेका चन्द्र लामा विजयी भएकाे थियाे भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका गणेश लामाले २० हजार २ सय ७० मत ल्याएका थिए ।
त्यसैगरी क्षेत्र नम्बर २ को (क) मा एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् । लम्सालले २७ हजार ६ सय २१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सुन्दरमणी आचार्यले १६ हजार ५ सय ८९ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर २ को (ख) मा एमालेकै बसुन्धरा हुमागाईले विजयी हासिल गरे । उनले २८ हजार ६ सय ७३ मत ल्याई निवर्तमान सांसद तथा तत्कालिन उद्योग राज्य मन्त्री कञ्चनचन्द्र वादेलाई पराजित गरेका हुन् । वादेले २१ हजार ७ सय ५५ मत प्राप्त गरेका थिए ।
No comments