Breaking News

दुवै मृगौला फेल भएर उपचाररत भोजकुमार तामाङले सहयोगको लागि याचना गरेका छन ।

पिएनपिखबर-भक्तपुर: दुवै मृगौला फेल भएर उपचाररत भोजकुमार तामाङले सहयोगको लागि याचना गरेका छन । काभ्रेको तेमाल गाँऊपालिका वडा न. ९ चोपटार, हरिबहादुर दोङ्गको छोरा २७ बर्षीय भोजकुमार तामाङको दुवै मृगौला फेल भएर हाल मानव अङ्ग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचाररत छन । ‘ ६ महिना भैसक्यो सबै अस्पताल चहारेँ, पैसा सकियो रोग निको भएन ।’, तामाङले पिएनपिखबरसँग कुरा गर्दै भने, ‘सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ ।’

 आर्थिक अवस्था कमजोर भएको कारण नै तामाङ काठमाडौको हात्तिसारमा अवस्थित गल्फ म्यानपावरबाट दुबईको एक कम्पनीमा कामको लागि बैशाख २३ गते नेपालबाट उडेका थिए। तर ६ महिना नबित्दै उनी बिरामी भएर नेपाल फर्कनु पर्यो । गल्फ म्यानपावरबाट बिना बायोमेडिकल लामालाई बिदेशमा कामदारको रुपमा पठाएको थियो । यसरी बिना बायोमेडिकल कामदार बिदेशमा पठाउनु गैरकानुनी हो । तर नेपालमा अनुगमन गर्ने निकाय नै कमजोर भएको हुनाले यसको फाइदा उठाएर म्यानपावर ब्यवसायीले बदमासी गरेको पाइएको छ । दुबईमा २ वर्षको करार सम्झौता भएतापनि कम्पनीले लामालाई अहिले तीन महिनाको बिदामा उपचारको लागि नेपाल फिर्ता पठाएको छ । मानव अङ्ग प्रत्यारोपण अस्पताल भक्तपुरले दुबै मृगौला फेर्नु पर्ने बताएपछि लामाको घरमा अहिले रुवाबासी चलेको छ । लामाको अढाई वर्षको छोरा र २ वर्षकी छोरी छिन् ।

 आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिकाको भविष्यले पिरोल्न थालेको तामाङको श्रीमतीले बताउनु भयो । युवाहरुद्वारा सुरु गरियो भोजकुमार बचाउ अभियान दुबै मृगौलाले काम नगरेपछि उपचाररत भोजकुमार तामाङको उपचारमा सहयोग गर्न समाजसेवी युवाहरु जुटेका छन् । डि एस दोङको संयोजकत्वमा भोजकुमार बचाऊ अभियान सञ्चालन गरिएको छ । देश बिदेशमा रहेका सहृदयी आम नेपाली सहयोगी मनहरुमा भोजकुमार बचाऊ अभियानमा सहभागी हुन उहाँले अनुरोध गर्नुभएको छ । मृगौला पीडित लामालाई बचाउन विभिन्न देशबाट आर्थिक सहयोग आउन थालेको प्रचारप्रसार संयोजक सुदिन दोङले बताउनुभएको छ । छोर्वाला काई रेडियो गेताङको ‘भोज कुमार दोङ बचाउ अभियान’ सहित यो पाँचौ प्रयास हो। यसअघि पनि सुदिन दोङको अगुवाइमा ‘सिर्जना तामाङ बचाउ अभियान’, ‘कुमारी लामा बचाउ अभियान’ सफल भैसकेको छ। भोज कुमार दोङ बचाउ अभियान सहयोगार्थ छोर्वाला काई रेडियो गेताङले राष्ट्रिय ख्यातिप्राप्त चर्चित कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम -(२०७४) को आयोजना समेत गरेको छ।

 कार्यक्रममा सञ्जिव वाईवा, विश्व दोङ, विशाल काल्तान, शसिकला मोक्तान, टीका बोम्जन, शुक्र दोङ, सुरेश लामा (नेपाली तारा टप ३), सरस्वती लामा (रक), प्रयास दोङ, अभिषेक तामाङ, जगत घिसिङ, पुजा लामा, हावा लामा, पेमा लामा, विहिन दोङ लगायतको सहभागिता रहने छ।

No comments