Breaking News

हितबहादुर तामाङ प्रनिधिसभा सदस्य नुवाकोट क्षेत्र नम्बर १ मा बिजयी हुनुभएको छ ।

हितबहादुर तामाङ प्रनिधिसभा सदस्य नुवाकोट क्षेत्र नम्बर १ मा बिजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका नेता रामशरण महतलाई पराजित गर्दै बिजयी हुनुभएको हो । करिब ४ दशक राजनितीमा बिताइसक्नु भएका तामाङ हाल माओवादी केन्द्रका सचिवालय सदस्य हुनुहुन्छ । बुवा माइते तामाङ र आमा श्रीमाया तामाङको कोखबाट नुवोकोट जिल्लाको पञ्चकन्यामा वि.स.२०२० सालमा तामाङले जन्म लिनुभएको हो ।
निम्नवर्गिय किसान परिवारमा जन्मनु भएको उहाँले नुवाकोटकै अमर ज्योति उच्चमावि खरानीटारमा आफ्नो औपचारिक शिक्षा सुरुवात गरी सोही विद्यालयबाट २०३९ सालमा एस.एल.सी.दिनुभएको थियो । तामाङ २०३६ सालमा १६ वर्षको कलिलै उमेरमा बाम राजनितीमा लाग्नु भएको थियो । २०३६ सालमा अनेरास्ववियुको छैटौ जिल्ला सम्मेलनबाट सदस्य बन्नु भएका उहाँलाई २०३८ सालमा नुवाकोट जिल्ला समितिमा सचिवपदको जिम्मेवारी दिइएको थियो । विद्यार्थीकालदेखि राजनीतिमा पाइला चाल्नु भएका उहाँ २०४९ सालदेखि पूर्णकालिन हुनुभयो । २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रिय सदस्य बन्नुभयो ।
२०५२ सालमा तत्कालिन नेकपामा ओवादीले जनयुद्ध घोषणा गरेपछि उहाँ जनयुद्धको सुरुवातमै तत्कालनि नेकपा माओवादीमा आवद्ध भएर भूमिगत हुनुभएको थियो । भूमिगत रहँदा २०५३ सालमा क्षेत्रिय व्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गर्नुभयो । तामाङ २०५९ सालमा नेकपामा माओवादीको केन्द्रिय सदस्य बन्नुभयो । माआवादी राजनितीमा सकृय रहँदा देशद्रोहीको आरोपमा २०५९ जेठ २० गते भारतमा गिरफ्तारीमा पर्नुभइ २५ महिना बन्दी जिवन बिताउनु भएका माओवादी शान्ति प्रक्रियामा आएपछि रिहा हुनु भएको थियो ।
२०६३ मा अन्तरिम व्यवस्थापिका संसदको सदस्य बन्नु भएका तामाङ यसअघि पहिलो र दोस्रो संविधानसभा चुनावमा नुवाकोट क्षेत्र न २ मा हालका पराजित भएका कांग्रेसका महतसंग झिनो मतान्तरले पराजित हुनुभएको थियो । तामाङ २०६६ सालमा युवातथा खेलकुदमन्त्री समेत बन्नुभयो । उहाँ हाल नेपाल तामाङ घेदुङको केन्द्रिय सल्लाहाकार रहनु भएको छ भने ताम्सालिङको आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँको २ छोरी र एक छोरा पनि जनयुद्धकालदेखि नै राजनितीमा सकृय छन् ।

No comments