विजयी हुने मित्रलार्इ बधार्इ अनि शुभकामना जय नेपाल दिदै गणेश लामाको तर्फबाट सम्पूर्ण नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १(ख)का साथीहरु प्रति कृतज्ञ छु !

२०७४/०८/२४मङ्सिर हार्दिक आभार व्यक्त गर्न चहन्छु।
म,गणेश लामाको तर्फबाट सम्पूर्ण नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १(ख)का साथीहरु प्रति कृतज्ञ छु जो चारतारे झण्डा बोकेर बस्तीबस्ती पुग्नुभयो। विभिन्न चूनौति र जोखिमलार्इ वेवास्ता गर्दै दिनरात हामी उम्मेदवार भन्दा बढी खटिनुभयो।म ति सबै साथीहरुको मेहनतलार्इ सम्झिरहेको छु। हामीलार्इ विश्वास गरेर २०,२७० मत दिनुहुने सबै मतदाताहरुलार्इ पनि आभार व्यक्त गर्दछु। हामी सधैं मतदाताहरुका बीचमा रहिरहनेछौं। काभ्रेको विकास र यहाँको समृद्धि भन्दा हाम्रो अर्को कुनै स्वार्थ थिएन र हुने पनि छैन। हामी समृद्ध काभ्रेलि जनताको मुहारमा खुशी भएको देख्न चहान्छु र यसमा प्रतिवद्ध भएर लागिरहनेछौं।
विजयी हुने मित्रलार्इ बधार्इ अनि शुभकामना। जय नेपाल।
No comments