Breaking News

सिन्धुपाल्चोकमा निमाले जोगाए कांग्रेसको बिउ !


सिन्धुपाल्चोकमा प्रदेशसभा तर्फको पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छ। २ वटै प्रतिनिधि सभा मा बाम गठबन्धनका उम्मेदवार विजय हाँसिल गरेका सिन्धुपाल्चोकमा प्रदेश सभा भने दुवै गठबन्धन लाई बाँडीएको छ ।
प्रतिनिधि सभा १ तर्फको दुवै प्रदेश सभा एमाले पोल्टामा परेको छ। प्रदेश सभा १ मा एमालेका अरूण नेपालले काँग्रेसका विष्णुबहादुर खत्रीलाई पराजित गरे। एमालेका पोलिटब्युरो सदस्य समेत रहेका नेपाल प्रतिनिधि सभा उम्मेदवारको दावि गरे पनि ३ नं प्रदेशको मुख्यमन्त्री पदको आश्वासनमा प्रदेश सभामा उठेका थिए।
यस्तै प्रतिनिधि सभा २ तर्फको प्रदेश सभा १ मा माओवादि केन्द्रका युवराज दुलालले जित हात पारे। काँग्रेसका विकास तामाङलाई पछि पार्दै दुलालले जित हात पारेका हुन्।
मतगणनाको शुरुवात देखिनै झिनो मतान्तरले अघि रहेका कांग्रेसका निमा लामाले अन्तिम समयसम्म पनि अग्रता कायम गर्दै १९७ मतको झिनो अन्तरले माओवादि केन्द्र का दावा तामाङलाई पराजित गरे ।
सिन्धुपाल्चोकको ६ सिटमध्ये बामपंथी गठबन्धन ले ५ सिट र लोकतान्त्रिक गठबन्धनले १ सिट प्राप्त गरेको छ।

 मत परिणाम


प्रतिनिधि सभा १
प्रदेश क
मतगणना ३९८६४
एमाले अरूण नेपाल २१७१२ विजयी
काँग्रेस बिष्णु बहादुर खत्री १४६३३
प्रदेश ख
मतगणना ३८९८७
एमाले सरेश नेपाल २२८३७ विजयी
काँग्रेस राजेन्द्रकुमार श्रेष्ठ १२१८७
प्रतिनिधि २
प्रदेश क
मतगणना ३७२९३
माओवादि केन्द्र युवराज दुलाल २०६८७ विजयी
काँग्रेस बिकास तामाङ १३५२१
प्रदेश ख
मतगणना ४०७०१
कांग्रेस निमा लामा १८९०५ विजयी
माओवादी केन्द्र दावा तामाङ १८७०८

No comments