Breaking News

तीर्थ लामाले फेसबुक मार्फत सम्पूर्ण काभ्रेली जातलाई हार्दिक आभार व्यक्त !

हार्दिक आभार
आदरणिय आमाबुबा दाजुभाइ दिदिबहिनीहरु,

म नेपाली कांग्रेसको तर्फबाट मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएको थिएँ । २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा काभ्रे क्षेत्र नं १ का जनताहरुले मलाई निर्वाचित गराई संविधान लेख्ने जिम्मेवारी दिएकोमा मैले सदनमा आफ्नो जिम्मेवारी पुरा गरेको थिएँ । मलाई त्यहि कारणले पार्टीले प्रतिनिधि सभामा आवश्यक ठानेर यस पटक उम्मेदवार बनाएको थियो । उम्मेदवार भए सँग सँगै मलाई पार्टीले प्रदेश सभाका दुइ सिट समेत जिताउने गहन जिम्मेवारी दिएको थियो । निर्वाचनको मतगणना समाप्त भए सँगै दुई ठूला पार्टीहरु एक भएर चुनाव लडेका कारणले हामी प्रतिनिधि सभा तथा प्रदेश सभामा उपविजेता बन्न पुगेका छौं । हामीलाई तपाईहरुले विश्वास गरि दिनुभएको प्रतिनिधि सभामा ३९ हजार ६ सय ५ मतको सम्मान गर्दछौं । साथै तपाईहरुले नेपाली कांग्रेस प्रति गर्नुभएको विश्वासको लागि धन्यवाद समेत व्यक्त गर्दछु ।

विजय हासिल गर्नुहुने बाम गठबन्धनका साथिहरुलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईहरुलाई यस क्षेत्रका जनताहरुले दिनुभएको अपार विश्वासको सधै कदर गर्नुहुनेछ भन्ने विश्वास समेत लिएको छु ।
अन्त्यमा तीर्थ लामाले फेसबुक मार्फत सम्पूर्ण काभ्रेली जातलाई हार्दिक आभार व्यक्त
तीर्थ लामा
प्रतिनिधि सभा सदस्य उम्मेदवार
नेपाली कांग्रेस क्षेत्र नं १ काभ्रे

No comments