Breaking News

गणेश तामाङ :एउटा राजनीतिक पार्टीको आस्था राख्ने ब्यक्तिले अर्को पार्टीको आस्था राख्ने ब्यक्तिलाइ महाशत्रु सोच्ने नेपालको फस्टाउदो राजनीतिक संस्कार सबैको लागी दुर्भाग्यपूर्ण छ !






















गणेश तामाङ प्रवास : बरिष्ठ उपध्यक्ष :उत्पीडित जागरण समाजिक संस्था ।एउटा राजनीतिक पार्टीको आस्था राख्ने ब्यक्तिले अर्को पार्टीको आस्था राख्ने ब्यक्तिलाइ महाशत्रु सोच्ने नेपालको फस्टाउदो राजनीतिक संस्कार सबैको लागी दुर्भाग्यपूर्ण छ ! म जन्मेको भेग,गाउँ,समाज र टोलकै कुरा गरौं ! यहाँ ब्यक्ति ब्यक्तिमा परिवार परिवार मा र टोल टोलमा पहिले देखि रहिआएको सद्भाव,सहिष्णुता र भाइचाराको भावना विलीन हुँदै गयको महिले अनुभव गरि रहेको छु ! देश भरि नै यस्तो परिस्थिति बन्दै गयको पछिल्लो राजनीतिक घटनाक्रमलाई हामी सबैले नियाली रहेका छौं ! साच्चिकै सबैभन्दा बढी यसको दोषी राजनीतिक दलको नेतृत्व र उनीहरुको व्यबहार हो ! जसले निषेधको राजनीतिलाई बढावा दिए ! बिपरित आस्था राख्ने समुह वा दल प्रतिको सद्भाव,सम्मान,र अस्तित्व स्विकार्यताको कुरा सब्दमा उचारण समेत गरेनन् ! जसको नकारात्मक प्रभाव गाउँ बस्ती सम्म पुग्यो ! 

सैद्धान्तिक र बैचारिक रूपमा बिभाजित हुनु हुँदैन भन्ने होइन ! काङ्ग्रेस,कम्युनिस्ट वा विभिन्न नाम बाट बिभाजित बिस्व राजनीतिक परिदृश्य बाट नेपाल पनि टाढा रहन सकिदैन ! यसर्थ नेपालमा पनि सिद्धान्तत बिभाजित छन ! हाम्रो जस्तो बर्ग,क्षेत्र र जात बिभाजित समाजमा फरक फरक दृष्टिकोण,बिचार,सिद्धान्त र आस्था रहनु स्वभाबिक हो ! त्यसैले एकअर्काको अस्तित्वलाई स्विकार्ने,आस्था र बिचारलाई सम्मान गर्ने,भाइचाराको भावनालाई मजबुत बनाउने राजनीतिक संस्कार र परिपाटी बसाल्नु पर्दछ ! यस्तो राजनीतिक संस्कार र परिपाटी रह्यो भने सैद्धान्तिक र बैचारिक रूपमा बिभाजित भएपनि मनोबैज्ञानिक रूपमा बिभाजित हुदैनन् ! 

अहिलेको प्रदेशसभा र प्रतिनिधिसभाको मत परिणाम बाहिरिए संगै देशभरिका सबै कोहि हार्यो भनेर सुतेका छैनन् त कोहि जित्यो भनेर तिन बित्ता उफ्रेका छन ! यसरी आत्तिनु र मात्तिनु पर्ने कुरै छैन ! हारजित जे भएपनि सबै आफ्नै हुन ! बेलैमा सोचौं र सबै समाजका भाइ भाइ,आफन्त,इष्टमित्र र छरछिमेकिको बीचमा राजनीतिकै कारण सम्बन्धमा चिसोपना आउन नदिउँ ! साथै समग्र रास्ट्रलाइ एकता बद्ध बनाउन सचेत रहौ !

No comments