महा-समबोधी गुरु धर्म संघ ज्यु लाई प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु को निमन्त्रणामा प्रधानमन्त्री निवास वालुवाटारमा सवारी हुनुभएको थियो।
काठमाडौं माघ २ गते,महा-समबोधी गुरु धर्म संघ ज्यु लाई प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु को निमन्त्रणामा प्रधानमन्त्री निवास वालुवाटारमा सवारी हुनुभएको थियो।
उक्त अवसरमा देश र जनताको रक्षा धर्मले मात्रै गर्न सक्ने र भौतिक नियम भनेको लोकको चित्तबुझाउने मापदण्ड मात्रै हो।धर्म भनेको वनस्पति जगत र जगतप्राणिकै हितको लागि अति आवस्यक छ, भन्ने वचन भएको थियो । उक्त अवसरमा पुर्व मन्त्री डा.प्रकाश शरण महत र वन मन्त्री विक्रम पाण्डे र निवर्तमान माननीय बहादुर सिह लामा , बोधी श्रवण धर्म संघको केन्द्रिय अध्यक्ष द्वय निल बहादुर थिङ,कमान सिंह लामा , र बारा जिल्ला अध्यक्ष राजु शाहको समेत उपस्थिती थियो।



No comments