मन्त्रिपरिषद बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ।
काठमाडौ– मन्त्रिपरिषद बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ।कानूनमन्त्री यज्ञबहादुर थापाले जागरण न्यूजलाई जानकारी दिए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।
प्रदेश प्रमुख
१ मा गोविन्द सुब्बा
२ मा रत्नेश्वरलाल कायस्थ
३ मा अनुराधा कोइराला
४ मा बाबुराम कुँवर
५ मा उमाकान्त झा
६ मा दुर्गा खनाल
७ मा मोहनराज मल्ल
प्रदेश प्रमुखहरु पनि तोकिएका छन् ।
प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख तोकिएका छन् ।
प्रदेश अस्थायी मुकाम
१ को केन्द्र विराटनगर
२ को जनकपुर
३ को हेटौंडा
४ को पोखरा
५ को रुपन्देही
६ को सुर्खेत र
७ को धनगढी

No comments