काभ्रे तेमाल गाउँपालिका निवासी मिर्गौला पीडित २७ वर्ष भोज कुमार तामाङलाई उत्पीडित जागरण समाज नेपाल सस्थाको प्रतिनिधिहरुले बीमारीको स्थिति जानकारी लिँदै आर्थिक सहयोग हस्तन्तरण गरिएको छ ।
काभ्रे तिमाल गाउँपालिका ९ चोपटार निबासी २७ बर्षिय भोजकुमार तामाङको अंग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचार भईरहेको छ । उनको उपचारार्थ बिभिन्न देश र संघ संस्थाबाट सहयोग प्राप्त भैरहेको छ । उत्पीडित जाँगरण अभियान समाज, नेपालको तर्फबाट हालको उनको स्थितीबारे जानकारी लिँदै संस्थाका प्रतिनिधिहरुबाट संयुक्त रुपमा संकलित १२,०००।- रुपैया बिरामीका आमालाई हस्तान्तरण गरिएको छ । संस्थाका तर्फबाट जिएम लोप्चन, बेत्ता घिसिङ, गणेश लामा, मदन ङेस्युर, मणिकलाल घिसिङ, उषा घिसिङ, देश गोले (गोले सरकार) को तर्फबाट प्राप्त रकम बुझ्दै बिरामीका आमा, "जत्ती जनाले सहयोग गर्नुभयो, उहाँहरु मेरो छोरोको लागि भगवान हुन् ।" न्युमोनिया र रगतमा केही Infection देखिएको कारण उनी उपचार कै क्रममा अस्पतालमा रहेका छन् ।
तामाङ सम्पूर्ण सहयोगी हृदयहरु प्रती धन्यवाद प्रकट गर्दै, "म त मरिन्छ होला । त्यही भएर आमाको मुख अन्तिम पटक हेर्न भनेर सिधै चोपटार पुगेँ ।" उनका शब्दहरुमा मिसिएको कारुनिक भावनाले हाम्रा आँशुहरु धन्न थामिएका थिए । आर्थिक सहयोग सबैबाट प्राप्त भएको कारण आफूले नयाँँ जीवन प्राप्त गरेकोमा खुशी छन् र हाँस्दै "अब त थिरिङरिङ हिंड्न पो सकेको छु" ।
एउटा कार्यक्रम समापन पछी कोटेश्वर बाट भक्तपुर जाँदै गर्दा बेहोस् भैइ उपचारर्थ पत्रकार तथा संचारकर्मी सुदिन दोङको स्थिती जान्न संस्थाका प्रतिनिधिहरु नागरिक कम्युनिटि हस्पिटल, ठिमिमा पुग्यौँ । प्रेसर अत्यन्तै कम् भएर अचेत अवस्थामा उनलाई अस्पाताल पुर्याएको र होस खुल्दा ICU अक्षर आँखाले ठम्याउन सकेको बताए । "मान्छेको जीवन केही होइन रहेछ, १० मिनेट अस्पताल ढिलो भएको भए शायद यसरी हाम्रो भेट हुन्न थियो ।" ICU बाट नर्मल वार्डमा शिफ्ट भैसकेका उनलाई केही दिन आराम गर्नुपर्ने डाक्टरले सुझाएको बताए । निको भैसकेपछि फेरी आर्थिक अभाबका कारण उपचार हुन नसकेकाहरुको निमित्त अभियान सन्चालन गर्दै सहयोग गर्ने र समाज सेवामा लाग्ने उनले बताए । दिनहु तमाङ समाजका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती र उनको स्वास्थ्य प्रती चासो र चिन्ता ब्यक्त गर्ने सम्पूर्णलाई सम्झे ।





No comments