Breaking News

साईप्रसमा २८५४ औं खि सोनाम ल्होछार सम्पन्न भएको छ ।


साइप्रस । साईप्रसमा २८५४ औं खि सोनाम ल्होछार सम्पन्न भएको छ ।
तामाङ समुदायको २८५४ औं खि सोनाम ल्होछारको अबसरमा तामाङ घेदुङ साईप्रसद्वारा आयोजित ल्होछार बिशेष "सांगीतिक धमाका-२०१८" लिमासोलमा आइतबार भव्य रुपले सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिमा होनारी कन्सुलर साईप्रसका रामजिवन पन्जियार अतिथिहरुमा नीलम पन्जियार एनआरएनए साईप्रसका अध्यक्ष सुवास मल्ल,सचिव विस्सु पाण्डे ,महिला प्रतिनिधि तथा चितवन सेवा समाज साईप्रसकी अध्यक्ष जसुमाया पुन मगर , कार्यक्रम व्यवस्थापक तथा ब्रिटिस गोर्खा साईप्रसका सुरेशकुमार परियार, अन्तर्राष्ट्रीय कलाकार मञ्च साईप्रसकी अध्यक्ष कोपिला दहाल, शेर्पा किदुग साईप्रसकी उपाध्यक्ष केसाङ शेर्पा , तमु समाज साईप्रसका महासचिव अनुप लामिछाने गुरुङ, राई सेवा समाज साईप्रसकी सदस्य पार्वती राई , जनसम्पर्क समिति साईप्रसकी अध्यक्ष सीता अर्याल लगायत आमन्त्रित नेपाली कलाकारहरु म्हेन्दोमाया गायक रोशन फ्युबा तामाङ, सेलो गायक विश्व दोङ र पप गायक मिङमा शेर्पा रहेको थियो ।
उक्त सांगीतिक धमाका कार्यक्रमलाई प्रमुख अतिथि र सभापतितको संयुक्तमा नङ्साल प्रज्वलन गरेर उदघाटन गरिएको थियो । घेदुङकी सचिव लक्ष्मी ब्लोन तामाङको स्वागत मन्तव्य राखेकी थिइन् । त्यसै क्रममा प्रमुख पञ्जियार र घेदुङका सक्रिय सदस्य शुशिल लामाले शुभकामना मन्तव्य राखेका थिए ।
आमन्त्रित अतिथि कलाकार म्हेन्दोमाया गायक रोशन फ्युबा तामाङ, सेलो गायक विश्व दोङ र पप गायक मिङमा शेर्पा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए । आमन्त्रित अतिथि कलाकारहरुलाई प्रमुख अतिथिको बाहुलीबट सम्मान पत्र प्रधान गरिएको थियो । कार्यक्रमका सभापतिले ल्होछारको अवसरमा तामाङ तथा गैरे तामाङ लगायतलाई शुभकामना दिदै कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरिएको र  उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेको थियो ।
साईप्रस घेदुङकी अध्यक्ष नानु गोम्जा तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरी दुई भागमा बिभाजन गरिएको थियो। औपचारिक कार्यक्रम साईप्रस घेदुङकी महासचिव माया लोप्चन तामाङले संचालन गरेकी थिइन्'.भने अनौपचारिक कार्यकभनेलाई साईप्रस घेदुङकी सचिव लक्ष्मी ब्लोन तामाङले सञ्चालन गरेकी हुन् ।

No comments