Breaking News

परिवारले नै भुत घरको नाटक गरेको खुलासा ! स्थानीयले घर घेरेर घर धनी माथि आक्रमणको प्रयास – हेर्नुहोस भिडियो


काठमाडौं, माघ २३ । हुन त काठमाडौं उपत्यकामा धेरै शिक्षित नागरिक बस्छन् । यहाँ सभ्य र विकसित सभ्यता छ । अत्याधुनिक प्रविधि नियन्त्रित जस्तै छ काठमाडौं उपत्यकाको दैनिकी । तर पनि यो शहरको पहिचाहन बनेका जे जति परम्परा जिवित छन् ति सँगै यहाँ उति नै अन्धविश्वास जकडिएको छ । त्यसैका ज्वलन्त उदाहरण हो, काठमाडौं उपत्यकाका टिकाथलीमा रहेको भूत घर ।
जहाँ मान्छे बस्नु त परको कुरा, घर मालिकहरु नै करोडौंको जायजेथा वेवारिसे छाडेर भूत नलाग्ने टाढाको बस्तिमा गएर बसिरहेका छन् । किनकी तिनका बाबुबाजेले जोडेको जमिनमा बनेका घरमा भूत नाच्छ । भन्छन्, भूतले मान्छे निल्छ र जर्बजस्ति गरेमा रगत छादेर मर्नुपर्छ । यसै विषयमा केन्द्रीत रहेर नेपालीपत्रका लागि सुजन पन्त र पुकार तिमल्सिनाले फिल्डमै गएर रिपोर्टिङ गरेका छौं ।
भूत भएको घर
यो ललितपुरको टिकाथलीस्थित तीन तल्ले घर । यो घर यतिबेला खाली जस्तै छ । पछिल्लो दिन डेरामा बस्ने परिवार समेत अन्तै डेरा सर्न थालेका छन् ।
डेरा सर्नुको कारण हो– ‘भूत आतंक’ । यहाँ यस्तो घटना भयो जसले घरको साहु मात्रै नभएर वरपरका मानिसलाई समेत आतंकित बनायो ।
राजधानीबाट नजिकै रहेको टिकाथलीस्थित एक घरमा करिब एक महिनादेखि भूतले तर्साएको भनेर केही दिनअघि एक टेलिभिजनबाट समाचार प्रसारण भयो । भूत आतंकको हल्ला भर्खरै मात्र चलेको हो ।
हल्ला चले लगत्तै त्यहाँ भीड मात्र जम्मा भएन वरपरकाले आ–आफनो पसल समेत बन्द गरेका छन् । भूत हेर्नको लागि भनेर थानकोट, जोरपाटीदेखि मान्छेहरु आएका छन् ।
घरका व्यक्तिहरुले करिब एक महिनादेखि यो घरमा भुतले तर्साएको भनिएको छ । तर, यसको वास्तविक सत्यतथ्य बुझ्न नेपालीपत्रको टिम मंगलबार दिउँसो उक्त ठाउँमा पुगेको हो ।
भूत हेर्न आउनेको भीड
तीन तल्ले सेतो घरको आसपासमा मान्छेहरुको भीड छ । त्यो भीड हो ‘भूत’ हेर्न आउनेहरुको । समाचार प्रसारण गरेपछि टाढाटाढादेखि भूत हेर्न आउनेहरुको संख्या बढ्दो रहेको एक स्थानीयले बताए ।
घरमा रहेको सामान एक ठाउँबाट अर्को ठाउँमा जाने, सिसा फुटाउने जस्ता कुराले समाचारको मुख्य हेडलाइन बन्यो । समाचार प्रसारण भएपछि तपाईं हामीलाई नि भूतको विषयमा चासो बनेको छ ।
प्रत्येक घरका बालबालिकाहरु डराउन थालेका छन् । त्यही पनि राजधानीमा भूत भन्दा । खाली रहेको घरमा सामान यताउता फाल्ने, सिसा फुट्ने जस्ता कुराले अच्चमित तुल्याउनु स्वभाविक पनि हो । सामान कसले फ्याँकेको भनेर बुझ्दा केही पनि नभेटिएको घरबेटी बताउँछन् ।
घरबेटीको ‘रुढ’ व्यवहार !
यतिबेला त्यहाँका स्थानीयहरु घरबेटीदेखि रुष्ट छन् । भुत भनेर प्रचारमा ल्याइएको घरको सबैभन्दा माथिल्लो तल्लामा बसेर उनीहरु तल मान्छेको भीड हेर्दै रमाइरहेका छन् । बारम्बार मिडियालाई बोलाएर प्रसारण गरिएको समाचारको सत्यतथ्य बुझ्न जाँदा यतिबेला मिडियालाई पनि रोक लगाएको छ ।
प्रहरी प्रशासन बोलाएर तथानाम गाली गर्दै मिडियाको जिम्मेवारी हामीले रवि लामिछानेलाई मात्र दिएको भन्दै उल्टै उनीहरुले आक्रोश पोखेका छन् । च्यानल गेट खोलेर भित्र पसेका व्यक्तिहरुलाई प्रहरी प्रशासन बोलाएर बाहिर निकालिएको हो ।
स्थानीयहरुले सस्तो प्रचारबाजीको लागि घरबेटीले यस्तो गरेको बताएका छन् । ‘यदि भूतले त्यस्तो गरेको हो भने हामीलाई भित्र पस्न किन दिइएन् ?’ आक्रोशित स्थानीय तथा समाजसेवी राम बहादुर श्रेष्ठले प्रश्न गरे ।
आस्तिकहरुको तर्क
समाजका सभ्य र बुझे जानेकाहरु समेत भन्छन् भूत, सेतो वा कालो पहिरन लगाएर आउँछ, उल्टो खुट्टा पारेर हिँड्छ । सामान फाल्छ । राति ओछ्यान नै बोकेर दोबाटोमा लैजान्छ । घर वरिपरि अनौठो कम्पन ल्याउँछ । एक्लै भेट्टायो भने मान्छेलाईं कुट्छ अथवा डरलाग्दो आवाज निकाल्छ ।
उसो भए, के भूत साँच्चकिै यस्तै हुन्छ त ? प्राचीन सभ्यतादेखि पुराना खण्डहरमा भूत बस्ने गरेको थुप्रै कथा छन् । तर, भूत देखेको ठोकुवा गर्ने कोहि पनि छैनन् । परम्परागत धारणा र जनविश्वास अनुरूप मृतात्मालाई भूत भन्ने गरिन्छ ।
अंग्रेजी लेखक स्यामुअल जोन्सन भन्छन्, संसारको रचना भएको हजारौं वर्ष बितेपनि आश्चर्यजनक ढंगले भूतको अस्तित्व मानव मस्तिष्कमा यथावत् छ । मृत्युपछि कुनै व्यक्तिको आत्मा देखिएको एउटै उदाहरण छैन त्यही भएर पनि भूत हुन्छ वा हुन्न भन्ने विषय विवादित छ ।
भूतबारे यस्तो छ नालीबेली ?
मिडियामा समाचार आएको केही समयपछि सामाजिक सञ्जालमा ‘भूत आतंक’ ले निकै चर्चा पायो । भूत हो कि होइन भन्नेबारे हामीले स्थानीयसँग कुराकानी पनि गर्यौं । प्रहरी प्रशासनले त्यहाँ भीड भएका मान्छेहरुलाई बाहिर निकालेकोलगायत यावत कुरा तलको भिडियोमा हेर्नुहोस् ।साभार

No comments