Breaking News

देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री खतरनाक चलखेल !


काठमाडाैं । पार्टी एकता गर्ने भनिएका नेकपा एमाले र नेकपा माअोवादी केन्द्रमा चिसोपन अाएसँगै सत्तारूढ दल नेपाल कांग्रेसले चलखेल गर्ने ठाउँ पाएको छ । वाम एकतालार्इ टुटाउन कांग्रेस एक समूह नै लागि परेको छ । पछिल्लो समय वाम एकता गर्न ढिलाइ भएसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा माअोवादीलार्इ फकाउन थालेको माअोवादीका एक नेताले खबरडबलीलार्इ बताए ।
देउवा अाफु राष्ट्रपति बन्ने दाउमा छन् । माअोवादी अध्यक्ष प्रचण्डलार्इ प्रधानमन्त्री बनाएर अाफु राष्ट्रपति बन्न देउवाले पहल गर्न थालेका छन् । यदि पचण्डले मानेको खण्डमा माअोवादीलार्इ प्रधानमन्त्री दिएर अाफु राष्ट्रपति हुन खोजेको एक नेताले खबरडबलीलार्इ बताए । राष्ट्रपति बन्न पाए कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न सहज हुने उनको ठम्याई छ ।
संघीय समाजवादी फोरम र राजपालाई पनि सहमत गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र कांग्रेसको भागमा राष्ट्रपति पद मागेर आफैँ राष्ट्रपति बन्ने दाउमा देउवा रहेको कांग्रेस नेताले बताए । तर कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेको बताइएको छ ।
प्रचण्डको पछिल्लो अभिव्यक्ति अनुसार पनि वाम एकता हुन कठिन रहेको बुझिन्छ । हिजो मात्रै एक कार्यक्रममा प्रचण्डले भने अब अर्को फड्को मारिन्छ ।
र, यो पनि

No comments