संसदीय दलको उपनेतामा कुमारी मोक्तान चयन, राधिका तामाङ उपसभामुख बन्ने !
उनले २७ हजार १ सय ३२ ल्याइ विजयी भएको हो भने प्रतिद्धन्दी कांग्रेसका यतिराज सापकोटाले १४ हजार १ सय ३६ मत ल्याएको हो । मोक्तानले १३ हजार २ सय ८० को मतान्तरमा जितेकी हुन् ।
को हुन कुमारी मोक्तान
कुमारी मोक्तान २०३६ असोज २८ गते मकवानपुर जिल्ला पदमपोखरी गाविस २ ठुलोथलीमा जन्मिएका हुन् । उनको बुबा सानु कान्छी मोक्तान र आमा तिर्थमाया बल ।
कुमारी मोक्तान २०३६ असोज २८ गते मकवानपुर जिल्ला पदमपोखरी गाविस २ ठुलोथलीमा जन्मिएका हुन् । उनको बुबा सानु कान्छी मोक्तान र आमा तिर्थमाया बल ।
उनी २०५१ मा माओवादी पार्टीमा संलग्न भइन र माओवादी जनयुद्धकाल भरि भूमिगत जीवन बिताइन २०६३ को अन्तरिम कालको एक वर्षे अवधिमा नेकपा एमाओवादी पार्टीबाट संसद विधायकका लागि मनोनित भएकी थिइन् । यस पछि २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उनी जिल्लाको क्षेत्र नं. ४ बाट निर्वाचित भइन् ।
त्यस्तै, प्रदेश ३ काे उपसभामुख रााधिका तामाङ बन्ने भएकाे छ । उनी नुवाकाेटकाे प्रतिनिधिसभा क्षेत्र नं. १ काे प्रदेश (क) का सांसद तथा पूर्व कृषि राज्यमन्त्री हाे ।
तामाङले प्रदेश निर्वाचनमा १८ हजार १ सय ३७ मत प्राप्त गरी विजयी प्राप्त गरेकि थिइन । उनका निकटतम प्रतिद्धिन्द्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर थिङले १३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन ।
No comments